काठमाडौं । सर्वोच्च अदालतले संविधान र संसदीय व्यवस्था बचाउने नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले विश्वास ब्यक्त गरेका छन् ।
नेपाल प्रेस युनियनको ३१औँ स्थापना दिवसको सन्दर्भमा आयोजित भर्चुअल कार्यक्रममा बोल्दै देउवाले राष्ट्रपति र प्रधानमन्त्रीका असंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्ध सडक आन्दोलनमा जान नसकिएको बताएका छन् ।
देउवाले भने, ‘साथीहरू सडकमा जाऔँ, आन्दोलन गरौँ भनिरहेका छन्, मैले रोकेर राखेको छु, यस्तो वेला जनताको जिउज्यानलाई जोखिममा पार्नुहुँदैन । जनताको जीवन ठूलो कुरा हो । जीवनरक्षा पहिलो कुरा हो ।’
देउवाले यस्तो बेला मिडियालाई सहयोग गर्न पनिआग्रह गरे । उनले पार्टी १४औँ महाधिवेशनको तयारीमा रहेकाले आफ्नो कारणले महाधिवेशन भएन भन्ने कुरा कुनै हालतमा आउन नदिने बताएका छन् ।