कोरोना संक्रमणबाट वडाध्यक्षको मृत्यु

पाँचथर । कोरोना संक्रमणबाट वडाध्यक्षको मृत्यु भएको छ ।  पाँचथरका हिलिहाङ गाउँपालिका-४ का वडाध्यक्ष श्रीप्रसाद शिगूको कोरोना संक्रमणबाट मृत्‍यु भएको  हो ।

विगत १५ दिनदेखि झापाको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचाररत शिगूलाई विहीबार बिहान मृत्यु भएको हो ।

कोरोना भाइरसको सङ्क्रमण भएपछि वडाध्यक्ष शिगूलाई श्वासप्रश्वासमा समस्या देखिएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री