प्रदेश पूर्वप्रमुख मल्लको निधनमा देउवाद्वारा दुःख व्यक्त

काठमाडाैं । सुदूरपश्चिम प्रदेशका प्रथम प्रदेश प्रमुख मोहनराज मल्लको उपचारका क्रममा मृत्यु भएको  छ ।

लामो समयदेखि निमोनियाको उपचार गराइरहेका मल्लको काठमाडौँस्थित निदान अस्पतालमा आज बिहान ७ बजे मृत्यु भएको  हो ।

उनको निधनमा नेपाली काँग्रेसले दुःख व्यक्त गरेको छ । उनको निधनप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बिहीबार एक शोक वक्तव्यमार्फत गहिरो दुःख व्यक्त गर्दै भनेका छन्,- “नेपाली कांग्रेसका नेता, सुदूरपश्चिम प्रदेशका पूर्व प्रदेश प्रमुख, समाजसेवी, असल, वौद्धिक एवं शालिन व्यक्तित्वका धनी मेरा मित्र मोहनराज मल्लको असामयिक निधन भएको खबरले मलाई अत्यन्त दुःखीत बनाएको छ । उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गर्दछु ।” 

चार दशकभन्दा बढीको समय कैलालीमा राजनीति गर्दै आएका मल्ल राष्ट्रिय पञ्चायत सदस्य हुँदै नेपाली कांग्रेसको महासमिति सदस्यसमेत भएका थिए ।

पहिले राप्रपाको राजनीति गरेका मल्ल २०७० सालको दोस्रो संविधानसभाअघि कांग्रेस प्रवेश गरेका  विसं २०७४ माघ ३ गते प्रदेश प्रमुख नियुक्त भएका मल्लले माघ ८ गते शपथ लिएका थिए ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

ड्युटीका प्रहरीलाई चड्कन हानेको आरोप लागेकी वकिलको आँखामुनि घाउ, दुवै पक्ष न्यायको खोजीमा

काठमाडौं । अधिवक्ता नानी थापा (लक्ष्मी थापा)ले प्रहरी जवानमाथि हातपात गरेको भन्दै जाहेरी परेको छ …

प्रतिकृया दिनुहॊस