संसद विघटनविरुद्ध कानूनी र राजनीतिक लडाई लड्ने कांग्रेसको निर्णय

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठक सकिएको छ । शनिबार बिहान सभापति शेरबहादुर देउवा निवासमा बसेको बैठक संसद विघटनविरुद्ध कानूनी र राजनीतिक लडाई लड्ने निर्णय गर्दै सकिएको वरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिए ।

नेता पौडेलका अनुसार सरकारका लागि दाबी प्रस्तुत गर्दा गर्दै सरकार गठनको आधार नदेखिएको भन्दै संसद नै भंग गर्नु असंवैधानिक रहेको ठहर कांग्रेसले गरेको छ । कानूनी तथा राजनीतिक रुपमा प्रतिवाद गर्ने निर्णय पार्टीमा भएको र थप रणनीतिबारे विपक्षी दलसँगको संयुक्त बैठकमा छलफल हुने उनले बताए ।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रो पटक शुक्रबार मध्यराति संसद दोस्रो पटक विघटन गरेकी हुन् । संसद भंग गर्दै राष्ट्रपति भण्डारीले आउँदो कात्तिक २६ र मंसिर ३ गतेका लागि मध्यावधि चुनाव घोषणा गरेकी छिन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री