शनिवार ८ हजार ९८० संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा आठ हजार ८४८ जनाले कोरोना भाइरस (कोभिड-१९) संक्रमण जित्न सफल भएका छन्। स्वास्थ्य तथा जनजसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना जित्नेको संख्या तीन लाख ८३ हजार ६८४ जना पुगेको छ।

२४ घण्टामा १२९ जनाको कोरोनाले मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ६ हजार नाघेको छ। योसँगै कोरोनाले मृत्यु हुनेको संख्या ६ हजार १ सय ५३ पुगेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आठ हजार ९८० जनामा संक्रमण पुष्टि भएको छ। नेपालमा संक्रमितको संख्या पाँच लाख ५ हजार ६४३ पुगेको छ। अहिले सक्रिय संक्रमित एक लाख १५ हजार ८०६ जना रहेका छन्।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री