सिद्धार्थ बैंकले अक्सिजन उत्पादकलाई आधारदरमै कर्जा दिने

काठमाडौं ।  सिद्धार्थ बैंकले सिद्धार्थ अक्सिजन लोन नामक सोलियत कर्जा दिने भएको छ  ।

बैंकले अक्सिजन उत्पादन गर्ने मेसिन तथा उपकरणहरुको खरिद तथा क्षमता विस्तारको लागि इच्छुक अस्पताल तथा नर्सिङ्ग होमहरुलाई लक्षित गरी यो कर्जा सुविधा ल्याएको हो ।

यस कर्जा सुविधामा बैंकको आधार दरमा कर्जा प्रदान गरिनुकाे साथै संस्थाको नगद प्रवाहको आधारमा कर्जाको भुक्तानी गरिनेछ । यस्तै यस कर्जा सुविधामा अन्य कुनैपनि शुल्क नलाग्ने र उच्च प्राथमिकतामा साथ कर्जा प्रोसेसिङ्ग गरिने बैंकले जानकारी दिएकाे छ ।

यसरी प्रदान गरिएको कर्जामा नेपाल राष्ट्र बैंकबाट सहुलियत प्रदान गरेको खण्डमा, नेपाल राष्ट्र बैंकले निर्दिस्ट गरेको सहुलियत कर्जा निर्देशिका अनुरुप हुने बैंकले जनाएकाे छ ।

सिमित अवधिका लागि ल्याईएको यस कर्जा सुविधाले हाल देशमा भइरहेका अक्सिजनको अभाव मेटाउन मद्दत पुर्याउँदै कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि विशेष भूमिका खेल्नेछ भन्ने विश्वास बैंकले लिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री