काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शपथ लिएका छन् । शितलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री ओलीलाई शपथ गराएकी हुन् ।
प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत गुमाएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरूलाई बहुमत पु-याएर दाबी पेश गर्न तीन दिनको समय दिएकी थिइन् ।
विहीबार राति ९ बजेसम्म दिइएको समयसीमाभित्र विपक्षी गठबन्धनले बहुमत पुर्याउन नसकेपछि राति १० बजे राष्ट्रपतिले ओलीलाई संविधानको धारा ७६(३) अनुसार प्रधानमन्त्री नियुक्त गरेकी हुन् ।
तपाईंको प्रतिकृया




