नेपाल इन्भेष्टमेन्ट र हिमालयनबैंक बीच मर्जर सम्झौता

काठमाडौं ।नेपाल इन्भेष्टमेन्ट बैंक  र हिमालयन बैंक बैंक बीच मर्जर सम्झौता भएको छ। आज  ठमेल स्थित छायाँ कम्प्लेक्समा रहेको अलफ्ट होटेलमा  २ बैंकबीच मर्जर सम्झौता भएको हो ।सम्झौतामा पाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडे र हिमालयन बैंकका अध्यक्ष तुलसीप्रसाद गौतम हस्ताक्षर गरेका छन् । दुवै बैंक १:१ को स्वापमा मर्जमा जाने भएका हुन् ।

दुई दशकदेखि हिमालयन बैंकको प्रमुख कार्यकारी अधिकृत रहेका अशोक राणा इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेका साला हुन्। पाण्डेका ससुरा हिमालय शम्शेर राणा हिमालयन बैंकमा अहिले पनि संचालक समितिको प्रमुख सल्लाहकारका रूपमा छन्। मर्जरपछि बैंकको कुल चुक्तापुँजी २६ अर्ब ९४ करोड पुग्ने छ भने नेपालको सबैभन्दा ठुलो बैंक बन्ने छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री