सिलौटो प्रहार गरी श्रीमतीको हत्या

सर्लाही ।  सर्लाहीमा एक महिलाको सिलौटाले हानेर हत्या भएको छ।

लालबन्दी नगरपालिका वडा नम्बर -२ नवलपुर पुनर्वास घर भई हरिवन नगरपालिका वडा नम्बर -११ का रामबली साहतेलीको घरमा डेरा गरी बस्ने ३५ वर्षीय विजयलाल कर्णले  श्रीमती ३२ वर्षीया उषादेवी कर्णको सिलौटो प्रहार गरी  हत्या गरेका छन् ।

घरायसी विवादका कारण विजयलालले सिलौटोले उषादेवीको टाउकोमा हानेर हत्या गरेको पुष्टि भएको  प्रहरीले  जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री