गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु

पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा  पर्वत जलजला गाँउपालिका-३ का ६३ वर्षीय पुरुषको होम आइसोलेसनमा मृत्यु भएको छ ।

त्यसैगरी पर्वत जिल्लाको कुश्मा नगरपालिका-९का ५३ वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको छ ।

तनहुँ जिल्लाको व्यास नगरपालिका-१ की ६० वर्षीय संक्रमित महिलाको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचारका क्रममा मृत्यु भएको छ ।

त्यसैगरी पोखरा -२५ का ६५ वर्षीय पुरुषको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।

 

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री