माओवादी केन्द्रले फिर्ता लियो सरकारको समर्थन

काठमाडौं । आज नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । समर्थन फिर्ताको पत्र बुधबार बिहान संसद सचिवालयमा बुझाइएको छ । संसद सचिवालयका सचिव गोपालनाथ योगीलाइ माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले पत्र बुझाएका छन् ।

माओवादीले समर्थन फिर्ता लिएसँगै अब सरकार अल्पमतमा परेको छ । यही वैशाख २७ गते बस्ने संसदको विशेष अधिवेशनमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिँदैछन् । संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयलसँगै नेकपा माओवादी केन्द्र सरकारबाट बाहिरिएको थियो । तथापि सरकारलाई दिएको समर्थन भने कायमै राखेको थियो ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री