प्युठानमा जिप दुर्घटना १ जनाको मृत्यु

प्युठान। प्युठान नगरपालिका-८, पाडाबाङमा  पिकअप जिप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ  भने दुर्घटनामा २ जना घाइते भएका छन्।

नौबहिनि गाउँपालिकाको बाहाने बजारबाट प्युठान नगरपालिकाको बाग्दुलातर्फ फर्कँदै गरेको लु १च ६७८१ नम्बरको उक्त पिकअप मङगलबार राति दुर्घटनामा परेको थियो ।

पिकअप दुर्घटनामा परी पिकअपमा सवार ३ जना मध्य प्युठान नगरपलिका – ८ बाग्दुला बस्ने २१ बर्षीय समर कुँबरको घटना स्थलमै मृत्यु भएको र अन्य २ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप