मोरङको रतुवामाईमा मोटरसाईकल दुर्घटना एकको मृत्यु, दुई घाईते

मोरङ। मोरङको रतुवामाई नगरपालिका ९  आमबारी-उर्लाबारी सडक खण्डमा २ वटा मोटरसाईकल एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा १ जना मृत्यु भएको छ भने  २ जना घाईते भएका छन् ।
आइतबार  बिहान साढे १० बजे  तिर उत्तर तर्फ जाँदै गरेको प्र.१-०२-०४१ प. २६६४ नम्बरको मोटरसाईकल र बिपरित दिशाबाट आउदै गरेको प्र.१-०२-०४४ प.२६०९ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घटना भएको थियो ।
सो दुर्घटनामा गम्भिर घाईते भएका २६६४ नम्बरको मोटरसाईकल चालक रतुवामाई नगरपालिका ७ गडिझार का २७ बर्षीय ललित कट्वालको अरनिको अस्पताल उर्लाबारीमा  उपचारको क्रममा मृत्यु भएको छ भने अर्को २६०९ नम्बरको मोटरसाईकल चालक रंगेली नगरपालिका ५ का २१ बर्षीय मनजय ठाकुर र सोही मोटरसाईकलमा पछाडी सवार बेलबारी नगरपालिका ३ का ३० बर्षीय नबिन ठाकुर घाईते भई सोही अस्पतालमानै उपचार भईरहेको ईलाका प्रहरी कार्यालय सिजुवाले जनाएको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

सहकारी ठगी : छानबिन समितिको कार्यादेश टुंग्याउन कार्यदलको बैठक बस्दै

काठमाडौं । सहकारीको रकम अपचलन छानबिन गर्न गठित संसदीय छानबिन समितिको कार्यादेश बनाउन आज बैठक …

प्रतिकृया दिनुहॊस

This will auto close after