सनराइज बैंक द्वारा समता शैक्षिक गुठीलाई आर्थिक सहयोग

काठमाडौं । सनराइज बैंकले समता शैक्षिक गुठीलाई सामाजिक उत्तरदायित्व अन्तगर्त रू ३ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ  । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत ७७ वटा जिल्लामा ८० वटा विद्यालय संचालन गरी ७ हजारभन्दा बढी विद्यार्थीहरुलाई मासिक शुल्क १०० रूपैयाँमा गुणस्तरीय शिक्षा दिँदै आएको गुठीलाई उक्त रकम सहयोग गरेको हो ।

बैंकले समता शैक्षिक  गुठी अन्तर्गतका ६ वटा प्रदेश स्थित ६ वटा विद्यालयलाई ५० हजार रुपैयाँका दरले हुने गरी कुल ३ लाख रुपैयाँ सहयोग गरेको हो । गुठीले उक्त रकम तेकिएको विद्यालयको संचालनको लागी खर्च गर्ने र त्यहाँ अध्यनरत विद्यार्थीहरुको शिक्षा प्राप्तिमा  यसले ठुलो सहयोग पुग्ने जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप