काठमाडौं । कुमारी बैंकले साढे ७८ प्रतिशत बढीले खुद नाफा वृद्धि गरेको छ । साे बैंकले गत आर्थिक वर्षको पुस मसान्तमा १ अर्ब १ करोड ७१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । जसमा ७८.५७ प्रतिशत अर्थात् ७९ करोड रुपैयाँ थप गरी १ अर्ब ८० करोड ८३ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न बैंक सफल भएको हो ।
बैंकले चालु आर्थिक वर्षको त्रेस्रो त्रैमासको वित्तीय विवरण प्रकासित गर्दै सो अवधिमा ९८ करोड ४६ लाख ४९ हजार रुपैयाँ वितरणयोग्य मुनाफा आर्जन गरेको उल्लेख गरेको छ । १६.५५ प्रतिशतले वृद्धि गरेको छ । बैंकले चालु आवको चैत मसान्तसम्म १ खर्ब २७ अर्ब ६९ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब १६ अर्ब ५४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
बैंकको सञ्चालन आम्दानी समेत ५२.९८ प्रतिशतले वृद्धि भएको छ । गत आवको चैत मसान्तसम्म ३ अर्ब २८ करोड ८६ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको बैंकले चालु आवको सोही अवधिमा ५ अर्ब ३ करोड १२ लाख रुपैयाँ पुर्याएको छ । यसैगरी सो अवधिमा बैंकको खराव कर्जा ०.११ प्रतिशतले थप भइ १.०९ प्रतिशत पुगेको छ ।



