आईएमई जनरल इन्स्योरेन्सको प्रस्तावित बोनस र हकप्रद दुबै पारित

काठमाडाै । बैशाख १२ गते सम्पन्न कम्पनीको २३औं बार्षिक साधारणसभाले कम्पनी सञ्चालक समितिको प्रस्तावलाई पारित गरेको हो । यससँगै कम्पनीका लगानीकर्ताले चुक्ता पुँजीको ७ प्रतिशतको दरले बोनस सेयर पाउने भएका छन् । साे बोनस पश्चात कम्पनीले सेयरधनीलाई ४० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित भएको छ । यससँगै, कम्पनीको नियामक निकाय बीमा समितिबाट स्वीकृत भए पश्चात कम्पनीले चुक्ता पुँजीको ४० प्रतिशत हकप्रद सेयर जारी गर्ने छ ।

कम्पनीको व्यावसायमा भएको विस्तारसंगै जोखिम धारण क्षमतामा समेत बृद्धिको लागि कम्पनीले चुक्ता पुँजी र नेटवर्थमा वृद्धि गर्न आवश्यक हुने हुनाले बोनस र हकप्रद सेयर जारी गर्ने भएको हो । बोनस तथा हकप्रद सेयर जारी भए पश्चात कम्पनीको चुक्ता पुँजी १ अर्ब ६२ करोड रुपैयाँ पुग्ने कम्पनीले वताएकाे छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

क्रेष्ट माइक्रो लाइफको बिक्री प्रबन्धमा एनआइएमबि

काठमाडौँ । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकका लागि एनआइएमबि एस …

प्रतिकृया दिनुहॊस