पछिल्लो २४ घण्टामा २ हजार ३६५ जना कोरोना संक्रमित,५ जनाको मृत्यु

काठमाडौं । आज, बिहीबार २ हजार ३६५  जनामा कोरोना पुष्टि भए​को छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २ हजार ३६५  जनामा संक्रमण भएको हो ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ९२ हजार १५२ पुगेको छ भने पछिल्लो २४ घण्टामा ५ जनाको मृत्यु भएको छ।

संक्रमित मध्ये २ लाख ७६ हजार ३४५ जना उपचारपछि निको भएका छन् । यसै गरि नेपालमा कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या ३ हजार ११७ जना पुगेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री