इलाम। आफैँले ढालेको रुखले किचेर इलाममा मंगलबार एक व्यक्तिको ज्यान गएको छ । दाउराका लागि रुख काट्ने क्रममा आफैँले ढालेको रुख आफैँतिर ढल्दामाई नगरपालिका–९, बोरुङका ५३ वर्षीय जंग देवानको मृत्यु भएको हो ।देवानको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, इलामले जानकारी दिएको छ । रुखले थिचेर मृत्यु भएको अवस्थामा आफन्तले देवानलाई फेला पारेका थिए ।
तपाईंको प्रतिकृया




