आफैँले ढालेको रुखले किचेर ज्यान गयो

इलाम आफैँले ढालेको रुखले किचेर इलाममा मंगलबार एक व्यक्तिको ज्यान गएको छ । दाउराका लागि रुख काट्ने  क्रममा आफैँले ढालेको रुख आफैँतिर ढल्दामाई नगरपालिका–९, बोरुङका ५३ वर्षीय जंग देवानको मृत्यु भएको हो ।देवानको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, इलामले जानकारी दिएको छ । रुखले थिचेर मृत्यु भएको अवस्थामा आफन्तले देवानलाई फेला पारेका थिए ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

निर्मल पुर्जामाथि महिला आरोहीले लगाइन् यौन दुर्व्यवहारको आरोप

काठमाडौं । कीर्तिमानी पर्वतारोही निर्मल पुर्जामाथि यौन दुर्व्यवहारको गम्भीर आरोप लागेको छ । पूर्व मिस …

प्रतिकृया दिनुहॊस