उदयपुर । उदयपुर चौदण्डीगढी-१० ईक्राहा बस्ने ६२ बर्षीय जग नारायण श्रेष्ठको बसको ठक्करबाट मृत्यु भएको छ ।
आईतबार बिहान सवा १० बजे चौदण्डीगढी-१० स्थित राजमार्गमा त्रियुगा पब्लिक बोडिङ स्कुल खैराझोडाको को १ ख २७४८ नम्बरको बसले पैदल हिडिरहेका श्रेष्ठलाई ठक्कर दिदा उनको घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरीले जनाएको छ ।
ठक्कर दिने बस र चालक चौदण्डीगढी-१० का ३८ बर्षीय रत्न बहादुर कार्की नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।
तपाईंको प्रतिकृया




