काठमाडाैं । कुमारी बैंक स्थापनाकाे २० औं वर्षमा प्रवेश गरेकाे छ । बैंकले आफ्नो २० औं वार्षिकोत्सवकाे अवसरमा देशव्यापी रुपमा विभिन्न सामाजिक कार्यक्रमहरु आयोजना गरी मनाएको छ ।
बैंकले यस अवसरमा शनिबार काठमाडौंको पशुपति क्षेत्रमा आयोजित सरसफाइ कार्यक्रमको गरेकाे छ ।
बैंकका संचालक समितिका अध्यक्ष अमीर प्रताप राणाले उक्त सरसफाइ कार्यक्रमकाे शुभारम्भ गरेका थिए ।
पशुपति क्षेत्र विकास कोष, काठमाडौं महानगरपालिका, वडा नं. ८ कार्यालयको सहकार्यमा आयोजित उक्त कार्यक्रममा पशुपति क्षेत्र विकास कोषका परिषद सदस्य आशा पाण्डे, पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडा, बैकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी लगायत उच्च व्यवस्थापनका पदाधिकारी र १५० जना कर्मचारीहरुको सहभागिता रहेको थियो ।
तपाईंको प्रतिकृया




