नयाँ बर्षको उपलक्ष्यमा ओपो ए१२ ३जीबीको मूल्यमा कटौती, नेपाली बजारमा अब मात्र रु.१४,९९०मा उपलब्ध

काठमाडौं ।प्राविधिक ब्राण्ड ओपोले नजिकिँदो नेपाली नयाँ बर्षको उपलक्ष्यमा ओपो ए१२ ३जीबी नयाँ आकर्षक मूल्यमा उपलब्ध गराएको छ ।

पहिले रु. १६ हजार ५ सय ९० मूल्य रहेको उक्त फोनमा मूल्य समायोजन गर्दै अब कम्पनीले रु. १४ हजार ९ सय ९० मा उपलब्ध गराएको हो । नेपाली बजारमा उक्त फोन कालो र नीलो गरी दूई रंगमा उपलब्ध छ ।

सन् २०२०को अगास्ट महिनामा सार्वजनिक उक्त फोनको चौडाइ ८.३एमएम र वजन जम्मा १ सय ६५ ग्राम रहेको छ ।

ओपोले आउँदा दिनमा नयाँ बर्ष २०७८ लक्षित थप आकर्षक अफरहरु पनि सार्वजनिक गरिने जानकारी दिएको छ ।

डिस्प्ले 
ओपो ए१२ ३जीबीको डिस्प्लेको कुरा गर्दा यसमा ७२०×१५२० पिक्सेल्स सहितको ६.२२ ईञ्चको डिस्प्ले उपलब्ध छ । फोनको पिक्सेल डेन्सिटी २ सय ७० पीपीआई रहेको छ । आईपीएस प्यानल सहितको यो फोनको एस्पेक्ट रेशियो १९ः९ रहेको छ । फोनको स्क्रिन टू बडी रेशियो ८९% छ । फोनको डिस्प्लेमा क्याप्टिभेटिभ, मल्टि-टच, ईन-सेल, २.५डी कभ्र्ड ग्लास स्क्रिन, कोर्निङ गोरिल्ला ग्लास थ्री ।

क्यामेरा 
ओपो ए१२ ३जीबीमा रहेका क्यामेराको कुरा गर्दा यसमा डुअल रियर क्यामेरा सेटअप उपलब्ध गरिएको छ । यसमा १३एमपी क्षमताको प्राइमरी क्यामेरा र सेकेण्डरी क्यामेराका रुपमा २.०एमपी क्षमताको क्यामेरा जडान गरिएको छ ।

यी क्यामेरामा टच-टू-फोकस, फेज डिटेक्शन एएफ अटोफोकस प्रविधिपनि उपलब्ध गरिएका छन् । फोनमा रहेको रियर क्यामेरामा डुअल एलईडी फ्ल्याशको पनि प्रयोग गरिएको छ । त्यसैगरी, सेल्फीका लागि फोनमा ५एमपी क्षमताको फ्रण्ट क्यामेरा जडान गरिएको छ ।

हार्डवेयर तथा सफ्टवेयर
ओपो ए१२, २.३ जीएचजेडमा क्ल्क्ड गरिएको ८ कोर्सको मिडियाटेक हेलियो पी३५ (एमटी६७६५भी÷सीबी) चिपसेटबाट सञ्चारित छ । फोनमा ३जीबी ¥याम र ३२ जीबी आन्तरिक सञ्चय क्षमता उपलब्ध छ ।

प्रयोकर्ताले अतिरिक्त सञ्चय क्षमताको आवश्यकता परेमा यसमा एक्स्पान्डेबल एक्स्टरनल स्टोरेजको पनि प्रयोग गर्न सक्छन् । फोनमा रियर(माउण्टेड फिंगरप्रिन्ट सेन्सर्स र फेस अनलक फिचर्स लगायत सुविधापनि उपलब्ध छ । फोनको प्रयोग गर्दा दिनभर प्रयोगकर्ताले ब्याट्रीको चिन्ता लिन नपरोस् र सहजै दिनभर यसको प्रयोग गर्न सकुन् भन्ने सोचका साथ यसमा ४ हजार २ सय ३०एमएएच क्षमताको ब्याट्री जडान गरिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री