मेलम्चीको पानी काठमाडौं आएकोमा सन्त नेता भट्टराईलाई स्मरण

काठमाडौं । नेपाली कांग्रेसका तत्कालीन सभापति एवं तत्कालीन प्रधानमन्त्री सन्त नेता कृष्णप्रसाद भट्टराईले काठमाडौंको खानेपानी समस्या समाधान गर्न मेलम्ची नदीको पानी ल्याउने उद्घोष गरेको परियोजना अन्तत आजको समयमा साकार हुन पुगेको छ ।

यो घडि नेपाली कांग्रेस सन्त नेता भट्टराईप्रति उच्च सम्मान प्रकट गर्दै काठमाडौ उपत्यकाबासीमा बिशेष बधाई ज्ञापन गरेको छ ।

“मेलम्ची परियोजनाको सफलताले काठमाडौंको पानी संकट हल गर्न महत्त्वपूर्ण योगदान त पुर्याउदैछ नै सँगैमा यो सफलताले देशको समृद्धिका लागि आधुनिक प्रविधि र अझ नविन परियोजनाहरुका लागि थप मार्गप्रशस्त समेत गरेको छ ।

” नेपाली कांग्रेसको सरकारले शुरु गरेको परियोजना अनेक प्रतिकुलता चिर्दै सफल हुन दुई दशकभन्दा धेरै समय लागे पनि यो सफलताले उपत्यकावासीलाई खुसी बताएको कांग्रेसले बताएको छ ।

यो घडीमा सन्त नेता किसुनजीलाई संगै यसको शुरुआत देखि सफलतासम्म सरिक  सबैलाई हामी सम्मानपूर्वक स्मरण गर्दछौं ।

सक्षम इन्जिनियरहरुले निर्माण गरेको उत्कृष्ट डिजाइन ।
आर्थिक र भौतिक सहयोग गर्ने वैदेशिक हातहरु ।
प्रगतिमा इंटा थप्ने पछिल्ला सरकारहरु एवं राष्ट्रसेवक कर्मचारीहरु ।
अहोरात्र पसिना बगाएका मेहनति श्रमिकहरु ।
सुरुङ्ग निर्माण सिलसिलामा दुर्घटनामा जीवन गुमाएका इन्जिनियर र श्रमिकहरु ।
परियोजना सफलताका लागि सहृदयी ढंगले साथ दिएका सिन्धुपाल्चोक जिल्लाबासी एवं मुलत मेलम्चीका स्थानीय नागरिकहरु ।

नेपाली कांग्रेस सबैलाई सम्मान गर्दै, फेरि पनि सन्त नेता कृष्णप्रसाद भट्टराईको श्रद्धापूर्वक स्मरण गर्दै उपत्यकाबासीमा फेरि पनि बधाई ज्ञापन गर्दछ ।

परियोजनाको भविष्य सुरक्षीत र सफल बनाउन सबैको साझा प्रतिबद्धता, ऐक्यवद्धता र साथका लागि समेत नेपाली कांग्रेस सबैलाई अपील गर्दछ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री