काठमाडाैकाे आकाश अचानक धुलाम्य 

काठमाडौं । काठमाडौं उपत्यकामा शुक्रवार अत्यधिक धुवाँ मिसिएको वायुकाे प्रभाव छ । दिउँसो २ बजेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवरुद्ध भएको छ ।  विमानस्थलका प्रवक्ता चन्द्र लाल कर्णले दिउँसो २ बजे देखि भिजिबिलिटी राम्रो नभएपछि कारण विमानस्थल अवरुद्ध भएको बताएका छन् ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले वताए अनुसार काठमाडौं वरपरका क्षेत्रमा डढेलो लागेका कारण अचानक धुवाँ मिसिएको वायु भित्रिएको हो । काठमाडौंमा दुई तीन दिन अघिदेखि नै तुवाँलोको समस्या देखिएको र यस्तोमा वरपरका क्षेत्रमा डढेलो लागेका कारण अचानक वायुमा समस्या भएको विभागले जानकारी दिएकाे छ ।

एक्कासी अत्यधिक वायु प्रदूषण हुँदा आँखा चिलाउने, खोकी लाग्नेलगायतका स्वास्थ्य समस्या समेत देखिन भएका कारण यस्ता समस्याबाट बच्न घरभित्रै सुरक्षित रहन आग्रह गरिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री