काठमाडाैँ । सत्तारुढ नेकपा एमालेको संसदीय दलको बैठक आज बस्ने भएको छ । अध्यक्ष तथा संसदीय दलका नेता प्रधानमन्त्री केपी शर्मा ओलीले दलको बैठक बोलाएका हुन् ।
बैठक आज दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा डाकिएको छ । प्रमुख सचेतक विशाल भट्टराईका अनुसार बैठकमा संसदको चालु अधिवेशन, विकास बजेटलगायतका विषयमा छलफल हुनेछन् ।
एमालेको संस्थापन इतर खनाल नेपाल समूहले पनि आजै बैठक राखेको छ । संसदीय दलको बैठक अघि खनाल-नेपाल समूहको केन्द्रीय समिति बैठक बस्दैछ ।
बिहान ११ बजे कलंकीस्थित एक पार्टी प्यालेसमा खनाल-नेपाल समूहको केन्द्रीय समिति बैठक डाकिएको हो । बैठकमा काठमाडौंमा उपलब्ध सदस्यहरुको उपस्थिति रहने नेता राजेन्द्रप्रसाद पाण्डेले जनाकारी दिए ।
तपाईंको प्रतिकृया




