काठमाडौँ । आइएमई ग्रुप अन्तर्गत सञ्चालित आइएमई मोटर्स प्रालिद्वारा प्रवर्द्धित अशोक लेलैण्डले उर्लाबारी नगरपालिकामै पहिलोपटक सुविधासम्पन्न दमकल हस्तान्तरण गरेको छ ।
सोमबार एक कार्यक्रमका बीच ग्रुपले नेशनल फायर सेफ र आइएमई मोटर्सको संयूक्त कार्यमा नगरपालिकालाई हस्तान्तरण गरेको हो ।
उर्लाबारी नगरपालिकाका नगरप्रमुख खड्गबहादुर फागो, उप प्रमुख लक्ष्मीदेवी भण्डारी, नगरपालिकाका अन्य पदाधिकारी साथै पत्रकारहरुको उपस्थितीमा आइएमई मोटर्सका कर्पोरेट सेल्स हेड सुशिल राणा थापा साथै नेशनल फायर सेफका प्रमुख खगेन्द्र कार्कीद्वारा एक थान दमकल हस्तान्तरण गरेका हुन् ।
तपाईंको प्रतिकृया




