काठमाडाैँ । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहेको छ ।
महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश लगायत देशका बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहनेछ बाँकी भू–भागमा मौसम सफा रहनेछ ।
गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थान र बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।
आज राति पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ र बाँकी भू–भागमा पनि आंशिक बदलि रहेने छ । गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।




