काठमाडौं । नेपाल बैंकले ३०० जना युवालाई विना ब्याज जनही ३ लाखका दरले व्यवसायिक कर्जा दिने भएको छ ।
राष्ट्रिय युवा परिषद्, चाँगुनारायण नगरपालिकाको जमानीमा बैंकले यस्तो कर्जा दिने भएको हो । मंगलबार बैंक र नगरपालिकाबीच कर्जा प्रवाहको सहमति भएको छ ।
राष्ट्रिय युवा परिषद् , चाँगुनारायण नगरपालिका र नेपाल बैंकको आयोजनामा बुधबारबाट सुरु भएकाे ‘सहुलियतपूर्ण कर्जा सहजीकरणका लागि उद्यमशिलता तथा वित्तीय साक्षरता- जिवाईबी/एसवाइबी’ सात दिवसिय तालिम चैत ९ गतेसम्म चल्नेछ ।
उक्त कार्यक्रमको तालिम पश्चात् नेपाल बैंकले ३०० जनालाई विजनेस प्रपाेजलको आधारमा पालिकाको जमानीमा ३ लाखको दरले बिना व्याज ऋण दिने सहमति भएको हाे ।
तपाईंको प्रतिकृया




