कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने एमालेको निर्णय

काठमाडौं । नेकपा एमालेले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।

बुधबार बसेको एमालेको संसदीय दलको बैठकले माओवादीबाट मुख्यमन्त्री भएका महेन्द्रबहादुर शाही नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता गर्ने निर्णय गरेको हो।

कर्णाली प्रदेश सरकारमा एमालेबाट आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, सामाजिक विकास मन्त्री दल रावल र उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा छन् ।

बैठकमा १९ जना  सांसदमध्ये  १० जना मात्र सहभागी थिए।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री