DishHome GO मा अव ७० वटा च्यानल

काठमाडौं । डिशहोमले आफ्ना ग्राहकहरुलाई मोबाइलमै टेलिभिजन हेर्ने सुविधा DishHome GO  सुरु गरे यता २० वटा च्यानल मात्र संचालन भईरहेकोमा, अव देखीे DishHome GO प्रयोगकर्ताहरुले ७० वटा च्यानल हेर्न मिल्ने गरी सेवा थप गरेको छ ।

यससंगै DishHome GO  एपले भिडियो अन डिमाण्ड सेवा पनि सुरुगरेको छ, जसमा आफुले चाहेको समयमा अंग्रेजी, हिन्दी तथा नेपाली सिरिज, फिल्म, सर्टफिल्महरु हेर्न सक्नुहुनेछ ।

कम्पनीले आफ्नो डीटीएच सेवा प्रयोग गरिरहेका ग्राहकहरुलाई इन्टरनेटमार्फत मोबाइलमै टेलिभिजन हेर्न दिने गरी केही समय अघि नै DishHome GO मोबाइल एप ल्याएको थियो ।

डिशहोमले सेट टप बक्समा उपलब्ध टेलिभिजन च्यानलहरुलाई इन्टरनेटको ओटीटी प्रविधिमार्फत मोबाइलमा उपलब्ध गराएको हो । कम्पनीका अनुसार यो एप प्रयोगका लागि थप कुनै शुल्क लाग्ने छैन । डिशहोम प्रयोगकर्ताले डीटीएच कनेक्सनको कस्टमर आईडी प्रयोग गरि निःशुल्क रुपमा यो सेवा प्रयोग गर्न पाउने छन् ।

डिशहोमका प्रयोगकर्ताले एन्ड्रोइडका लागि गुगल प्ले स्टोर र एप्पलका लागि एप स्टोरबाटे DishHome GO ओटीटी एप डाउनलोड गरी यो सेवा प्रयोग गर्न सक्नेछन् ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

दीपेन्द्रको ‘दुःखी आत्मा’ भ्यालेन्टाइन डेमा

काठमाडौं । चलचित्र ‘दुखी आत्मा’ले रिलिज डेट लिएको छ । निर्देशक दीपेन्द्र लामाका अनुसार यो …

प्रतिकृया दिनुहॊस