सानिमा बैंकका ग्राहकले विश्वभर रहेका ५०० भन्दा बढी अस्पतालमा ७% सम्म छुट पाउने

काठमाडौं । सानिमा बैंक र आइएसओएन हेल्थकेयरबीच स्वास्थ्य उपचार सुविधा सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

उक्त सम्झौता पत्रमा  बैंकको तर्फबाट प्रमुख निक्षेप अधिकृत सरोज गुरागाई र आइएसओएन हेल्थकेयरका तर्फबाट बिजनेश डेभलोपमेन्ट प्रमुख आशीष धवनले बैंकमा आयोजित एक कार्यक्रमकाबीच हस्ताक्षर गरे ।

यस समझदारी पत्र अनुसार विश्वभर रहेका ५०० भन्दा बढी अस्पतालहरुमा स्वास्थ्य उपचार गराउँदा सानिमा बैंकका डेबिट/क्रेडिट कार्ड प्रयोगकर्ताले ५ देखि ७ प्रतिशतसम्म उपचार शुल्कमा छुट प्राप्त गर्न सक्नेछन् ।

आइएसओएन हेल्थकेयर अन्तर्गतका भारतका अपोलो हस्पिटल, मेदान्त हस्पिटल, फोर्टिस हस्पिटल, सिंगापुरस्थित सिंगापुर जेनरल हस्पिटल, थाइल्यान्डस्थित ब्याङकक हस्पिटल, बुमरुनग्राड इन्टरनेसनल हस्पिटल आदिमा सानिमा बैंकका डेबिट/क्रेडिट कार्ड प्रयोगकर्ताले सो छुट प्राप्त गर्न सक्नेछन् ।

आइएसओएन हेल्थकेयर लिमिटेडको भारत, थाइल्यान्ड, मलेसिया, इजिप्ट, अमेरिकालगायत देशहरुका प्रतिष्ठित अस्पतालहरुसँग सम्बन्धन छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

महालक्ष्मी बैंक र नेपाल क्लियरिङ्ग हाउसबीच अन्तर्देशीय क्युआर पेमेन्टको लागि सम्झौता

काठमाडौँ । महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ्ग हाउस ली बीच अलिपे प्लस द्वारा एकीकृत …

प्रतिकृया दिनुहॊस