वैवाहिक जीवनमा बाँधिए अन्जु र थिर

काठमाडौं । गायिका अञ्जु पन्तले प्रेमी थिर कोइरालासँग बुधबार विवाह गरेकी छिन् । उनीहरु एक वर्षदेखि प्रेम सम्बन्धमा रहेका थिए ।

अञ्जु र थिरबीच एक टेलिभिजन कार्यक्रमका सिलसिलामा भेट भएको थियो । थिरले सञ्चालन गर्ने गरेको ‘टक सो’मा अञ्जु अतिथि भएर गएकी थिइन् । उनीहरु दुवैजनाले क्रिश्चियन धर्म मान्दै आएका छन् । बुधबार पाटनको एक चर्चमा उनीहरुको विवाह भएको बुझिएको छ ।

केही समयअघि मात्रै उनीहरुको प्रेम सम्बन्धबारे खुलासा भएको थियो । दुवैजनाले प्रेम स्वीकार्दै बिहे गर्ने विषयमा कुराकानी भएको, तर मिति पक्का नभएको बताएका थिए । अञ्जुको यो दोस्रो विाह हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री