२४ घण्टामा थपिए १२५ जना कोरोना संक्रमित

काठमाडौं । आज, बुधबार १२५ जनामा कोरोना पुष्टि भए​को छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १२५ जनामा संक्रमण भएको हो ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ७० पुगेको छ भने त्यस्तै पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन ।

संक्रमित मध्ये २ लाख  ६९ हजार ३९४ जना उपचारपछि निको भएका छन् । यसै गरि नेपालमा कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या २ हजार ५५ जना पुगेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री