काठमाडौं । आईएमई जनरल इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ ।
मंगलबार बसेको कम्पनी सञ्चालक समितिको समितिको बैठकले आर्थिक वर्ष २०७६/०७७ को सञ्चित मुनाफबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीले कुल ७.३७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकोमा ७ प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनको लागि ०.३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
उक्त प्रस्तावलाई बीमा समितिले स्वीकृत तथा संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउनेछन् ।
तपाईंको प्रतिकृया



