बस र ट्रक ठोक्किँदा १४ जनाको मृत्यु

काठमाडौँ । भारतको आन्ध्र प्रदेशमा बस र ट्रक आपसमा ठोक्किँदा १४ जनाको मृत्यु भएको छ । दुर्घटना कर्नुल जिल्लाको मदरपुर गाउँमा बिहान ४ बजेतिर भएको हो ।

दुर्घटनामा आठ महिला, चालकसहित पाँच पुरुष र एक बच्चाको मृत्यु भएको भारतीय पत्रिका दैनिक भास्करले उल्लेख गरेको छ । यी सबै चित्तुर जिल्लाको मदनपल्ले भन्ने स्थानबाट अजमेर तीर्थयात्रामा जाँदै थिए ।

दुर्घटनामा परी ४ जना घाइते भएका छन् । तीमध्ये दुईको अवस्था गम्भीर छ । बस गलत साइडमा चल्न पुग्दा अगाडि रहेको ट्रकसँग ठोक्किएको हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कनेक्ट आइपिएसबाट स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाइने

काठमाडौं । कनेक्ट आइपिएसले स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाउन सकिने अवसर ल्याएको छ। अफर …

प्रतिकृया दिनुहॊस