प्रचण्ड-नेपाल समूहको हड्तालले आम नागरिकलाई सास्ती

काठमाडौँ । नेकपा प्रचण्ड-नेपाल समूहले आह्वान गरेको आम हड्तालका कारण संघीय राजधानी काठमाडौं लगायत देशभरको जनजीवन प्रभावित भएको छ ।

काठमाडौंमा बिहानैदेखि सार्वजनिक तथा निजी सवारी कम चलेका छन् भने पसल-व्यवसाय, स्कुल-कलेजहरु पनि खुलेका छैनन् ।मुख्य सडक आसपासमा पसल खुलेका छैनन् भने भित्री क्षेत्रका पसल-व्यवसाय सन्चालनमा छन् ।

बन्दकर्ताले आत्यावश्यक सेवाका सवारीलाई सन्चालनमा रोक नगर्ने बताएका छन् । हड्ताल सफल बनाउन उक्त समूहका नेता कार्यकर्ता सडकमा निस्किएका छन् । प्रदर्शनका क्रममा प्रहरीसँग मुठभेड हुँदा सो समूहको ७७ जना नेता तथा कार्यकर्ताहरु पक्राउ परेका छन् ।

हड्तालका कारण परीक्षा दिनु पर्ने विद्यार्थी तथा दैनिक ज्याला मजदूरी गर्ने कामदाहरु सास्ती खेप्न बाध्य भएका छन् । उनीहरुलाई गाडी पर्याप्त रुपमा नचल्दा समस्या भएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

साइबर अपराधको आरोपमा दुर्गा प्रसाईं पक्राउ

काठमाडौं । पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई चिरायू अस्पताल लगिएको छ । भक्तपुरस्थित आफ्नै …

प्रतिकृया दिनुहॊस