म्यान्मारबारे बोल्यो नेपाल- ‘गिरफ्तार शीर्ष नेतालाई रिहाइको माग’

काठमाडौँ । म्यानमारमा भएको सैनिक ‘कु’को नेपालले औपचारिक रूपमा विरोध गरेको छ । सोमबार परराष्ट्र मन्त्रालयद्वारा जारी प्रेस विज्ञप्तिमा गिरफ्तार राष्ट्रपति र नेत्री आङ सान सू चीसहित अन्य नेताहरूको तत्काल रिहाइका लागि अनुरोध गरिएको छ ।

म्यानमारमा सोमबार बिहान भएको सैनिक ‘कु’प्रति अन्तर्राष्ट्रिय समुदायले विरोध जनाइरहेकोमा नेपालले पनि विरोध जनाएको हो ।

नेपालले म्यानमारमा भएका विकासक्रमलाई नजिकबाट नियालिरहेको छ । हामी विश्वास गर्छौँ कि म्यानमारका जनताको चाहनालाई सबै पक्षले सम्मान गर्नेछन् अनि लोकतान्त्रिक तथा संवैधानिक प्रक्रिया चाँडै नै पुनस्र्थापना हुनेछ,’ परराष्ट्र मन्त्रालयले भनेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री