ससुरालीबाट १५ दिनदेखि बेपत्ता लक्ष्मणलाई खोजिदिन आग्रह

बझाङ । बझाङ जयपृथ्वी नगरपालिका-४ गोलाइका लक्ष्मण विकको खोजी गरिदिन परिवारले आग्रह गरेका छन् । दाङ तुल्सीपुर नगरपालिका-१८ मा रहेको ससुराली गएका २० वर्षीय उनी गत माघ ४ गतेदेखि सम्पर्कविहीन भएका हुन् ।

चौध महिनाअघि दाङकी गायत्री कुमालसँग विकको विवाह भएको थियो । लक्ष्मण ससुरालीबाट नै बेपत्ता भएको उनका दाइ गणेश विकले जानकारी दिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री