एनएमबि बैंकको २५ औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं ।एनएमबि बैंक लिमिटेडले आफ्नो २५औं वार्षिक साधारण सभा बुधबार कृष्ण टावर, नयाँ बानेश्वर, काठमाडौंमा संचालक समितिका अध्यक्ष  पवन कुमार गोल्याणको अध्यक्षतामा सम्पन्न गरेको छ ।

कोभिड -१९ का कारण हुनसक्ने संक्रमणको जोखिमलाई ध्यानमा राख्दै साधारण सभामा भिडियो कन्फ्रेन्स (भर्चुअल) प्रविधि मार्फत संचालन गरी शेयरधनीहरुको जानकारीका लागि अनलाइन प्रसारण गरिएको थियो ।

साधारण सभाले एनएमबि बैंकको आर्थिक वर्ष २०७६/७७ को वितरण योग्य मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको १३ प्रतिशत बोनश शेयर र ३.२ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि समेत) वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको छ ।

उक्त सभाले बैंकले अधिकृत पूँजी रु.१६ अरबबाट बृद्धि गरी रु.२० अरव पुर्याउने प्रस्ताव पारित गरेको छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री