काठमाडौं । काठमाडौँको रत्नपार्क-भद्रकाली सडकखण्डमा बा३ख ४४३७ नम्बरको एक यात्रुबाहक बस दुर्घटना भएको छ ।
बिहीबार बिहान ७ः५५ बजे भद्रकाली नजिकै रहेको आकासे पुलनेर चन्द्रागिरि यातायातको बस सडकमा पल्टिएको हो।
दुर्घटनामा चालक र एक जना बच्चा गरी दुई जना मात्रै घाइते भएका छन् ।
घाइते दुवैको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । घाइतेमध्ये चालकको अवस्था गम्भीर छ ।
तपाईंको प्रतिकृया




