जोखिम तथा विपन्न घरपरिवारलाई खाद्यान्न सहयोग

सर्लाही ।बागमती सेवा समाज नेपालद्वारा वर्ल्डभिजन इन्टरनेशनल नेपालको सहयोगमा सञ्चालित बाल स्पोन्सरशिप परियोजना अन्तर्गत अन्यन्त जोखिम घरधुरीलाई खाद्यान्न सहयोग प्रदान गरिएको छ ।

संस्थाद्वारा पौष २० गते आयोजित एक कार्यक्रमकाबीच हरिपूर्वा नगरपालिका वडा नं.३ स्थित धनकौल टोल निवासी मन्तोरिया देवी माझी र फूलो साह तथा पर्सा गाउँपालिका वडा नं. १ स्थित मुस्लिमटोलका रइमुल खातुनको परिवारलाई उक्त खाद्यान्न सामाग्री हस्तान्तरण गरिएको हो ।

उक्त सहयोगबाट तीन घरपरिवारका १९ जना सदस्यहरु लाभान्वित भएका छन् । उनीहरुमध्ये चारजना परियोजनाको लक्षित वर्गमा दर्ता भएका सहित १२ जना बालबालिकाहरु रहेका छन् ।

खाद्यान्न वितरण समारोहमा बोल्नु हुँदै सहयोगी संस्थाका अध्यक्ष भरतकुमार कार्कीले विभिन्न कारणले जोखिममा परेका बालबालिकाका परिवारलाई लक्षित गरी राहत प्रदान गर्ने उद्देश्यले सहयोग हस्तान्तरण गरिएको बताए।

कोभिड १९ महामारीका कारण सृजित असामान्य परिस्थिति र परिवारको मुख्य व्यक्ति गुमाएका बालबालिकाका परिवारलाई तत्कालका लागि राहत दिने उद्देश्यले चामल, दाल, तेल, नून, चिनी, तरकारी, साबुन र बालबालिकाका लागि शैक्षिक सामग्रीहरु प्रदान गरिएको कुरा अध्यक्ष कार्कीले बताए ।
सोही समारोहमा हरिपूर्वा नगरपालिका वडा नं। ३ का अध्यक्ष धर्मराज सिंहले संस्थाले लामो समयदेखि जोखिम परिवारलाई सहयोग गर्दै आइरहेको र खाद्यान्न सहयोगले जोखिममा परेका विपन्न परिवारलाई राहत मिल्ने बताउनुभयो ।

विगत २ वर्षदेखि सर्लाही जिल्लाको हरिपूर्वा नगरपालिका र पर्सा गाउँपालिकामा वर्ल्डभिजन इन्टरनेशनल नेपालसँगको साझेदारीमा सञ्चालन भइरहेको बाल स्पोन्सरशिप परियोजनामार्फत बालबालिकाको चौतर्फी विकासका लागि पैरवी, सहयोग, क्षमता अभिवृद्धि र विभिन्न प्रकारका क्रियाकलापहरु सञ्चालन भइरहेको सोही संस्थाका परियोजना संयोजक कुमार भण्डारीले बताएका छन् ।

साथै बाल स्पोन्सरशिप परियोजनाबाट ३ हजारभन्दा बढी जोखिम वर्गका बालबालिका र तिनको परिवार सदस्यहरु लाभान्वित भइरहेको जानकारी संस्थाले दिएको छ ।

न्यूज दैनिकको लागि सर्लाहीबाट,
हिरालाल श्रेष्ठ

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

सहकारी ठगी प्रकरण : रवि लामिछानेको आजको बयान सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको काठमाडौंमा शुक्रबारको बयान सकिएको छ । …

प्रतिकृया दिनुहॊस