सवारी दुर्घटना १ जनाको मृत्यु

मोरङ ।मोरङको बिराटनगर महानगरपालिका-३ पिपल चोकमा भएको सवारी दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ ।

आज बिहान ८ बजेको समयमा उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको NL01L5784 नम्बरको ईन्डियान लहरीले जेब्राक्रसिङमा बाटो क्रस गर्दै गरेका पैदल यात्री बिराटनगर-४ का ७५ बर्षीय राम प्रसाद पोखरेललाई ठक्कर दिंदा घाईते भएका पोखरेलको उपचारको क्रममा नोबेल अस्पताल बिराटनगरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

ठक्कर दिने लहरी र चालकलाई जिल्ला प्रहरी कार्यालय मोरङले नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री