कुमारी बैंक र फ्रेन्च बेकरीबीच सम्झौता

काठमाडाैं । कुमारी बैंक लिमिटेड र फ्रेन्च बेकरीबीच बेकरीका विशेष सेवाहरुमा कुमारी बैंकका डेबिट/क्रेडिट कार्डवाहकहरुलाई विशेष छुटको प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

यस सहकार्य अन्तर्गत पकनाजोल, क्षेत्रपाटीस्थित फ्रेन्च बेकरीका विभिन्न सेवाहरुमा कुमारी बैंक लि. का डेबिट/क्रेडिट कार्डवाहकहरुले १२ प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । सो सम्झौता पत्रमा कुमारी बैंकका मार्केटिङ प्रमुख नवीन मुनि बज्राचार्य तथा फ्रेन्च बकेरीका तर्फबाट निर्देशक बुद्ध श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

कुमारी बैंकले आफ्ना देशव्यापी १९२ शाखा सञ्जाल, १५२ एटिएम, २३ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

गणेशमान सिंह हस्पिटल र प्रभु बैंकबिच छुटबारे सम्झौता

काठमाडौं । महालक्ष्मीस्थानस्थित गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच सेन्टर र प्रभु बैंक लिमिटेडबिच बैंकका …

प्रतिकृया दिनुहॊस