मेयरको बुवाको निधन, शोकमा सार्वजनिक विदा

झापा । झापाको कनकाई नगरपालिकाले मेयर राजेन्द्र पोखरेलको बुवाको निधन भएको शोकमा आज (बिहीबार) नगरपालिकाभर सार्वजनिक विदा दिइएको छ ।

मेयर पोखरेलका बुवा गणेशप्रसाद पोखरेलको ८७ वर्षको उमेरमा यही पुस १५ गते निधन भएको थियो । उनको निधनको शोकमा नगरपालिकाले बिहीबार एक दिन नगरपालिकाभर सार्वजनिक विदा दिएको हो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन प्रसाद न्यौपानेले जारी गरेको सार्वजनिक सूचनामा आज कनकाई नगरपालिकाको कार्यालय, मातहतका सबै वडा कार्यालयहरु, स्वास्थ्य संस्था तथा शैक्षिक संस्थाहरुमा समेत सार्वजनिक विदा दिइएको उल्लेख छ । गणेशप्रसाद पोखरेल तत्कालीन सुरुङ्गा गाउँ पञ्चायतमा चार पटकसम्म प्रधानपञ्च बनेका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पत्रकार महासंघको निर्वाचन मंसिर २८ मा

काठमाडौं । नेपाल पत्रकार महासङ्घको प्रदेश तथा जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेला मध्यपुरथिमिको बोडेमा गएराति सम्पन्न …

प्रतिकृया दिनुहॊस