एनसीसी बैंकद्वारा कर्पाेरेट पे सेवा सुरु

काठमाडाैं । एनसिसी बैंकले कर्पाेरेट पे प्रणालीकाे सुरुवात गरेकाे छ ।

बैंकले आफ्न संस्थागत ग्राहकका निमित्त बैंक खाताबाट नै साेझै विद्युतिय भुक्तानी गर्ने सकिने प्रणालीकाे सुरुवात गरेकाे हाे ।

यस सम्बन्धमा बैंकले नेपाल किल्यरिङ् हाउससँग सम्झाैता गरेकाे छ । सो सम्झौता पत्रमा  नेपाल क्लियरिङ हाउसका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेश मान सिहं प्रधान र बैंकको तर्फबाट प्रमुख स‌चालन अधिक्रित रमेश सापकाेटाले हस्ताक्षर गरेका छन् ।

उक्त कार्पेरेट पे प्रणाली प्रयाेग गर्नकाे लागि बैंकबाट आवश्यक सबै प्रकृिया पुरा गरी आवेदन दिन सकिने बैंकले जनाएकाे छ ।

यस प्रणालीबाट आफैले ताेकिएकाे काराेबार सिमा भित्र रहेर कुनै पनि भुक्तानीहरु बैंककाे प्रत्यक्ष स‌ंलग्ता बिना गर्न सकिने छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री