कैयुवान सहरमा अन्धाधुन्ध चक्कू हमला, सातको मृत्यु

शेनयाङ । उत्तरपूर्वी चिनियाँ एक शहरमा सडकमा चक्कु आक्रमण हुँदा कम्तीमा सात व्यक्तिको मृत्यु भएको र सात अन्य घाइते भएको स्थानीय अधिकारीले बताएका छन् ।

लिओनिङ प्रान्तको कैयुवान सहरमा भएको उक्त आक्रमणमा कुनै आतङ्ककारी समूहले गराएको हुनसक्ने सम्भावनालाई अधिकारीहरूले अस्वीकार गरेका छन् । कैयुवान सहरको एक रेस्टुरेन्टको नजिक बिहान ८: १४ मा भएको र घटना व्यक्तिगत आवेगका कारण भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानपछि खुल्न आएको स्थानीय प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार घटनामा सात व्यक्तिको मृत्यु भएको छ भने अन्य सात व्यक्ति घाइते भएका छन् । प्रहरीले घटनामा सम्लग्न व्यक्तिलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरिसकेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको सुरक्षा स्रोतले बताएको छ । -एजेन्सी

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री