पल्सर स्पोर्टअवार्डको मुख्य सह-प्रायोजकमा ‘डिसहोम’

काठमाडाैं । यस वर्षको पल्सर स्पोर्टस अवार्डमा पनि डिस मिडिया नेटवर्क लिमिटेड मुख्य सह–प्रायोजकका रुपमा रहने भएको छ । अवार्डको आयोजक नेपाल खेलकुद पत्रकार मञ्च र डिस मिडियाबीच बुधबार आयोजित एक कार्यक्रममा त्यससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको बताइएकाे छ ।

Selected campaign have not any active ad, Select an ad for “News Ads Middle of News” campaign.
सम्झौतापत्रमा डिस मिडियाका प्रबन्ध निर्देशक सुदीप आचार्य र मञ्चका महासचिव प्रज्वल ओलीले सम्झौत हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार नगद ७ लाख र डिसको सेवा गरी झन्डै ११ लाख रुपैयाँ बराबरको प्रायोजन रहेको छ । केही वर्षयता डिस होम अवार्डको सह–प्रायोजक रहँदै आएको छ ।

डिस होमले अवार्डका १३ थान कनेक्सन (दुई वर्षको रिचार्ज सहित), २० जना मनोनितहरुलाई २० थान, डिसहोम कनेक्सन एक वर्षको रिचार्ज सहित र १३ थानसेट–टप बक्स दुई बर्षको रिचार्ज सहित उपलब्ध गराउने बताइएको छ । यो सम्झौता एक बर्षको रहने छ ।

पुस २८ गते १० विधामा अवार्ड दिइने छ । अवार्डअन्तर्गत पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक भएको थियो । त्यसमा पौडीकी गौरीका सिंह, भलिबलकी अरुणा शाही, बास्केटबलकी सदिना श्रेष्ठ, फुटबलकी सावित्रा भण्डारी र कराँतेका मण्डेकाजी श्रेष्ठ मनोनयनमा परेका छन् ।

पिपल्स् च्वाईस् अवार्डको विजेताको चयन ई–सेवाबाट भोटिङ, फेसबुक लाइक, आयोजक नेपाल खेलकुदपत्रकार मञ्चका सदस्यहरूको मत र राष्ट्रिय खेल संघका मुख्य प्रशिक्षकको मतका आधारमा गरिने बताइएको छ । ई–सेवाबाट भोटिङ प्रक्रिया गत साता नै सुरु भइसकेको छ ।

वर्षका उत्कृष्ट खेलाडी पुरुष, महिला र युवा तथा उत्कृष्ट प्रशिक्षक विधाको मनोनयन केहि दिन सार्वजनिक गरिने मञ्चले जानकारी दिएको छ । लाइफटाइम एचिभमेन्ट अवार्ड, पारा एथलिट, स्पेसल अवार्ड, टिम अफदीइयर अवार्डसहित अन्य अवार्डको को घोषणा अवार्ड कार्यक्रमको दिन गरिने बताइएको छ । एक अन्तर्राष्ट्रिय खेल पत्रकारलाई मञ्चले यो वर्ष पनि सम्मान गर्ने जानाएको छ ।

मञ्चका अनुसार विगतका वर्षमा जस्तै यस पटक पनि उत्कृष्ट पुरुष, महिला, पिपल्स च्वाइस तथा प्रशिक्षक विधाका विजेतालाई बजाज पल्सर मोटरसाइकल पुरस्कार प्राप्त गर्ने तथा अन्य विधाका विजेताले ५० हजार रुपैयाँसहित गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री