संसदीय दलको नेता बन्दै प्रचण्ड, संसद भवनमा बैठक

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहले विघटित प्रतिनिधिसभा सदस्य र राष्ट्रियसभा सदस्यहरूको बैठक बोलाएको छ । बैठकले संसदीय दलको नेता चयन गर्ने बुझिएको छ ।

ययअघि सो समूहको मंगलबार बसेको केन्द्रिय कमिटीको बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई हटाएर उनको ठाउँमा माधवकुमार नेपाललाई पार्टी अध्यक्ष बनाएको थियो । संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठकले दलको नेतामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई चयन गर्ने जनाइएको छ ।

यसअघि संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धमा अविश्वासको प्रस्ताव दर्ता गर्दा पनि प्रचण्डलाई भावी प्रधानमन्त्रीको रुपमा उल्लेख गरिएको थियो । मंगलबार बसेको नेकपाको वहुमत केन्द्रीय कमिटी बैठकले विभिन्न १० वटा महत्पूर्ण निर्णय गरेको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेकपा एसको अध्यक्षमा घनश्यामको दाबी, झलनाथको समर्थन

काठमाडौं । नेकपा एकीकृत समाजवादीको अध्यक्षमा घनश्याम भुसालले उम्मेदवारी दिने भएका छन् । सम्मानित नेता …

प्रतिकृया दिनुहॊस