धोवीघाटमा मोटरसाइकले ठक्कर दिएका युवाको मृत्यु

काठमाडौं । ललितपुरमा मोटरसाइकलको ठक्करबाट एक जनाको ज्यान गएको छ । ललितपुरको धोवीघाटमा दुर्घटनामा परेका एक युवाको उपचारका क्रममा मृत्यु भएको हो ।

एकान्तकुनाबाट बल्खुतर्फ जाँदै गरेको बा ०२० प २३६१ नम्बरको मोटरसाइकलले मंगलबार काभ्रे स्थायी घर भएका २७ वर्षीय गोपीकृष्ण खनाललाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएका खनालको उपचारका क्रममा सानेपास्थित स्टार अस्पतालमा गएराति मृत्यु भएको हो ।

मोटरसाइकल चालकलाई प्रहरी प्रभाग सानेपाले नियन्त्रणमा लिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री