निर्वाचन कि पुनःस्थापनाः कांग्रेसभित्रै मतान्तर !

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । पार्टी केन्द्रीय कार्यालयमा मंगलबारदेखि सुरू भएको केन्द्रीय समिति बैठक आज पनि निरन्तर जारी रहने भएको हो ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक दिउँसो १ बजेदेखि सुरू हुनेछ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रतिनिधिसभा संसद विघटन गरेपछि उक्त घटनालाई लिएर सडक आन्दोलनमा जाने कि नजाने भन्ने नै कांग्रेस बैठकको मुख्य एजेन्डा हो ।

बैठकमा नेताहरुको बोल्नेक्रम सुरुभएसँगै संसद् पुनःस्थापनातिर कि निर्वाचिनतिर केन्द्रित हुने भन्नेमा मत बाझिएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्रीको कदमको विरोधमा रहेका सबैलाई गोलबद्ध गर्दै कांग्रेसले सडक संघर्ष गर्नुपर्ने बताएका थिए भने केन्द्रीय सदस्य एनपी साउदले सरकारले घोषणा गरेको चुनावको अवसरलाई उपयोग गर्नुपर्ने धारणा राखेका छन् ।

कांग्रेसमा ११७ जना केन्द्रीय सदस्य छन्, मंगलबारको बैठकमा जम्मा चारजनाले बोलेका थिए । सबै केन्द्रीय सदस्यलाई धारणा राख्न समय दिइने कांग्रेसले जनाएको छ । यसकारण बैठक अझै केही दिनसम्म चल्नेछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

माधव नेपालको पार्टीमा म छैन : प्रेम आले

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद प्रेम आलेले आफू पार्टीमा नरहको बताएका छन् । महाधिवेशनमा …

प्रतिकृया दिनुहॊस